भरतपुर महानगरपालिकाले गरे एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडाैं | पुस १५, २०७९
चितवन: भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरूमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झन्डै एक हजार जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गत कार्यकालमा शुरुआत गर्नु भएको मेयरसँग बालबालिका कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबार पहिलो चरणमा सुरु गर्नु भएको हो ।
महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार बिहीबार मात्रै भरतपुर–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासमा आयोजित कार्यक्रममा एक हजार जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइएको छ । चिसोका कारण विद्यालय जान रोकिन नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आएको छ ।
महानगर प्रमुख रेणु दाहालको पहिलो कार्यकालमा भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रम अन्तरगत साइकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमहरू सुरु गरिएको थियो । महानगर प्रमुख दाहालले सुरु गरिएका सबै कार्यक्रम निरन्तरता दिइने बताउनुभयो । उहाँले सामुदायिक विद्यालय तर्फको आकर्षण र शैक्षिक गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।
महानगरले बिहीबार १२ वटा विद्यालयका ९८६ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरभित्र ११६ वटा सामुदायिक र ९७ वटा संस्थागत विद्यालय छन् । ती मध्ये ७३ वटा आधारभूत तहका विद्यालय छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

